News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कालिकोट जिल्ला अधिवेशनबाट नगेन्द्रबहादुर विष्ट सर्वसम्मत जिल्ला सभापति निर्वाचित भएका छन् ।
- जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल चयन भएका छन् भने सचिवमा नेत्रबहादुर शाही र सविनकुमार बिष्ट चयन भएका छन् ।
- देउवा समूहले २१–२३ मंसिरमा १५औं महाधिवेशन गर्ने मिति घोषणा गरेर विभिन्न जिल्लामा अधिवेशन गरिरहेको छ ।
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा कालिकोट जिल्ला सभापतिमा नगेन्द्रबहादुर विष्ट सभापति निर्वाचित भएका छन् ।
समानान्तर महाधिवेशनको तालिका अघि बढाएको यो समूहको जिल्ला अधिवेशनबाट विष्ट सभापति निर्वाचित भएका हुन् । उनी सर्वसम्मत जिल्ला सभापतिमा निर्वाचित भएको नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।
त्यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल चयन भएका छन् । नेत्रबहादुर शाही र सविनकुमार बिष्टलाई सचिव चयन गरिएको नेता शाहीले बताए ।
उनका अनुसार, गोरखबहादुर बटाला कोषाध्यक्ष र मनबहादुर बुढा तथा धिरबहादुर शाहीलाई सहसचिव चयन गरिएको छ ।
यो समूहले २१–२३ मंसिरमा १५औं महाधिवेशनको मिति घोषणा गरेको छ भने विभिन्न जिल्लामा अधिवेशन समेत गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4