+
+
Shares

प्याडमा लागुऔषध बोकेर मोरङ कारागार पुगेका दिदीबहिनी पक्राउ

उनीहरूको कारागारभित्र को आफन्त छ भन्ने प्रहरीले खुलाएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १४:४५

२९ असोज, विराटनगर । लागुऔषध लिएर आफन्त भेट्न मोरङ जिल्ला कारागार पुगेका दिदीबहिनी पक्राउ परेका छन् । आफन्त भेट्न कारागारमा पुगेका बेला सशस्त्र प्रहरीले सुरक्षा जाँचका क्रममा भित्री वस्त्र प्याडमा लागुऔषध भेटेपछि पक्रा गरेको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार  पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने मेलिना तामाङ र पूर्णिमा तामाङ छन् । उनीहरू दुवै दिदीबहिनी रहेको एसपी भण्डारीले जानकारी दिए ।

बिहीबार दिउँसो विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा खटिएको सुरक्षा टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको  उनले बताए ।

‘नियमित चेकजाँच गर्दा शंकास्पद देखिएपछि जाँच हुँदा लागूऔषध भेटियो,’ उनले भने, ‘ट्याब्लेट र  क्याप्सुललाई लगाएको प्याडमा लुकाएर भित्र लैजान खोजेको देखियो ।’

उनीहरूको साथबाट हरियो रङको २४० थान क्याब्सुल र सुन्तला रङको २४० थान गरी जम्मा ४८० थान लागुऔषध ट्याब्लेट बरामद भएको छ ।

उनीहरूको कारागारभित्र को आफन्त छ भन्ने प्रहरीले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?