+
+
Shares

सौराहामा पहिलोपटक गुन्जिदै नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सौराहामा आगामी मंसिर ३ गते पहिलोपटक चर्चित ब्याण्ड नेपथ्यको कार्यक्रम हुने भएको छ।
  • नेपाल डायरिज र एबी इभेन्ट्सले सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा दिउँसो ४ बजेबाट कार्यक्रम आयोजना गर्नेछन्।
  • आयोजकका अनुसार कार्यक्रममा १० हजार दर्शक सहभागी हुने अपेक्षा छ र विद्यार्थीका लागि सहुलियतसहित विभिन्न टिकट व्यवस्था गरिएको छ।

३० असोज, चितवन । पर्यटकीय नगरी सौराहामा आगामी मंसिर ३ गते चर्चित ब्याण्ड नेपथ्य पहिलोपटक गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल डायरिज र एबी इभेन्ट्सको संयुक्त आयोजनामा सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुने आयोजकले जनाएको छ । आयोजकले पत्रकार सम्मेलन गरेर पर्यटकीय नगरी सौराहामा पहिलो पटक नेपथ्यको कार्यक्रम हुन लागेको जानकारी दिएको हो ।

चाडपर्व सकिए लगत्तै, फुर्सदिलो समयमा भरपुर मनोरञ्जन लिने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको नेपाल डायरिजका निर्देशक बिनेश थापाले जानकारी दिए । सौराहामा पर्यटकीय सिजन पनि सुरु भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई समेत लक्षित गरेर नेपथ्यलाई सौराहामा ल्याउन लागिएको उनको भनाइ छ । कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

कार्यक्रम १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । चितवनसहित छिमेकी नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट दर्शकहरु कार्यक्रममा सहभागी हुने आयोजकको अपेक्षा छ ।

कार्यक्रमका लागि फरक–फरक विधाका टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि सहुलियत दरको टिकटसहित अर्लि बर्ड, रेगुलर र भिआईपी गरी विभिन्न विधामा टिकटको व्यवस्था गरिएको छ ।

सीमित मात्रामा राखिएका अन्य टिकटहरु पनि धमाधम बिक्री भइरहेको नेपाल डायरिजका निर्देशक आशिश श्रेष्ठले जानकारी दिए । अहिले १५ सय र १ हजार दरका टिकटहरु राखिएका छन् । भीआईपी टिकटहरु उपलब्ध हुने आयोजकले जनाएको छ ।

सौराहामा नै पहिलो पटक दर्शकका लागि प्याराफिट समेत निर्माण गरिने एबी इभेन्ट्सका निर्देशक अंकित गौतमले बताए । उनका अनुसार पर्यटन र संगीतलाई जोडेर हुन लागेको कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?