News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले भोटेकोशी बाढीपीडित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ।
- नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्नु साझा दायित्व भएको बताए।
- एसोसिएसनले यसअघि नेपालका बाढीपीडितसँग ऐक्यबद्धता जनाउन प्रार्थना र दीप प्रज्वलन गरेको थियो।
३० असोज, काठमाडौं । अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले नेपालमा भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको छ ।
नेपाली एसोसिएसन इन नर्थ अलाबामाका अध्यक्ष रवि लामाले बाढीपीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै यो कठिन समयमा आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्दो सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए ।
हजारौं माइल टाढा बसोबास गरे पनि यो आर्थिक संकलन अभियानले समुदायको एकता, उदारता र आफ्नो मातृभूमिसँगको निरन्तरको सम्बन्धलाई झल्काउने उक्त एसोसिएसनको विश्वास छ ।
एसोसिएसनले यसअघि नेपालका बाढी पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै प्रार्थना र दीप प्रज्वलन समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4