+
+
Shares

सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना : एकको मृत्यु, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको पर्सा गाउँपालिका–२ बाँके पुलमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा महोत्तरी गौशाला–५ का २४ वर्षीय विकल साहको मृत्यु भएको छ।
  • महोत्तरीबाट मलंगवातर्फ जाँदै गरेको बी आर ०६ बी ए क्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा गौशाला–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन्।

३० असोज, सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार, महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ आउँदै गरेको बी आर ०६ बी ए क्स ०४३५ नम्बरको कार अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ का शम्भुनाथ कुमार साह र शुभम कुमार शर्मा सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?