News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीको ७१ औं स्थापना दिवसमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारीलाई सम्मान गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेश प्रदेश अन्तर्गतको ‘सर्वोत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको छ ।
- जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अरविन्दकुमार साहलाई उत्कृष्ट अनुसन्धान कर्ताको सम्मान प्रदान गरिएको छ ।
३० असोज, जनकपुरधाम । नेपाल प्रहरीको ७१ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारी सम्मान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेश प्रदेश प्रहरी अन्तर्गतको ‘सर्वोत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय धनुषा, शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत प्रहरी निरीक्षक अरविन्दकुमार साहलाई मधेश प्रदेश अन्तर्गतकै उत्कृष्ट अनुसन्धान कर्ताको सम्मान प्रदान गरिएको छ ।
यस्तै रौतहटको इलाका प्रहरी कार्यालय, मौलापुरका प्रहरी निरीक्षक भरत के.सी., मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषा, सूचना प्रविधि शाखाका प्राविधिक प्रहरी निरीक्षक नरेशकुमार साह , मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषा, तालिम शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेवाङलाई समेत उत्कृष्ट प्रहरीको सम्मान प्रदान गरिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय बारा, अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा रही हाल मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक रामजी घिमिरे, इलाका प्रहरी कार्यालय, गंगापिपरा, रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक नन्दकला कुमारी टमटा, मधेश प्रदेश प्रहरी गण, जनकपुरमा कार्यरत प्रहरी नायव निरीक्षक इन्द्रकुमार यादव, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बारामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार गणेशबहादुर खड्कालाई समेत उत्कृष्ट कार्य सम्पादन सम्मान प्रदान गरिएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारहरु झुकेन्द्रकुमार श्रेष्ठ, टिकाराम महतो, मधेश प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत प्रहरी बरिस्ठ हवल्दार दिलीपकुमार कपारी, प्रहरी हवल्दार विजयकुमार राय, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी जवान दीप नारायण साह र मधेश प्रदेश प्रहरी कार्यालय, प्रहरी नायब महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी कार्यालय सहयोगीलाई समेत उत्कृष्ट कार्यसम्पादनको सम्मान प्रदान गरिएको छ ।
उनीहरुलाई समारोहका प्रमुख अतिथि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव, विशिष्ट अतिथि गृहसञ्चार तथा कानुन मन्त्री फकिरा महतो र कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआइजी ओम प्रकाश अधिकारीले सम्मान गरेका थिए ।
प्रतिक्रिया 4