+
+
Shares

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो मध्यम वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते ७:३८

३१ असोज, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ ।

यसै प्रणालीका कारण देशका केही ठाउँमा अझै पनि फाट्टफुट्ट वर्षा भइरहेको छ । केही ठाउँमा मध्यम वर्षासमेत भएको छ भने अलि धेरै ठाउँमा हल्का वर्षा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जामा सबैभन्दा धेरै वर्षा भएको छ । त्यसपछि कास्कीमा वर्षा भएको छ ।

महाशाखाका अनुसार स्याङ्जामा १८.२ मिलिमिटर वर्षा भएको छ भने कास्कीको मालेपाटन केन्द्रमा १६.६ मिलिमिटर वर्षा मापन भएको छ । यो भनेको मध्यम वर्षा हो । मौसम विज्ञानमा १० देखि ५० मिलिमिटरसम्म वर्षा हुनुलाई मध्यम वर्षा भएको मानिन्छ ।

आज पनि देशका केही पहाडी क्षेत्रमा चट्याङसहितको वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?