+
+
Shares

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप दुर्घटना हुँदा चालक मदन सुनारसहित तीन जना घाइते भएका छन्।
  • बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप बिहान करिब ४ बजे अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
  • घाइते सुनिता सुनार र सुर्जमल्म विकलाई उपचारका लागि शुभसारथी अस्पताल मजुवा पठाइएको छ।

३१ असोज, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ की ४७ वर्षीया सुर्जमल्म विक घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम रहेको छ।

घाइतेहरूलाई उपचारका लागि शुभसारथी अस्पताल मजुवा पठाइएको प्रहरीले जनाएको छ । पिकअपमा चालकसहित ६ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?