News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ लिए।
- शपथ ग्रहण समारोहमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले थापाको गलामा दुबोको माला लगाइदिए।
- थापा कांग्रेसको १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन्।
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा सभापति थापाको गलामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले दुबोको माला लगाइदिए ।
अन्य नेताहरूले पनि उनलाई बधाइ एवं धन्यवाद ज्ञापन गर्दै माहोल सेलिब्रेट गरेका थिए ।
उनले केहीबेरमा पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो ।
थापा आफ्ना प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापति निर्वाचित भएका हुन् ।
थप तस्वीरहरू–









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4