+

क्यानडासँग नेपाल पराजित, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने

२०८३ असोज  ३१ गते १८:५२ २०८३ असोज ३१ गते १८:५२

सिरिज अन्तर्गत सुरुवाती दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ । सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।
  • २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमै सबै विकेट गुमाएर २३२ रनमा अलआउट भयो ।
  • यो हारपछि नेपाल अंकतालिकामा सातौं स्थानमा झरेको छ र अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने भएको छ ।

३१ असोज, काठमाडौं । ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमै सबै विकेट गुमाएर २३२ रनमा अलआउट भएको हो । ओपनर अर्जुन कुमालको सानदार ब्याटिङ अनी करण केसीको प्रयासका बावजुतका पनि नेपाल २४ बल अगावै अलआउट भएको हो ।

सिरिज अन्तर्गत सुरुवाती दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ । सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ ।

अब नेपालले शीर्ष ६ मा अटाउन अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । लिग २ को शिर्ष ६ मा पर्ने टोलीले ओडिआई मान्यता कायमै राख्ने सम्भावना धेरै रहेकोले पनि नेपालले अब अन्तिम खेल जित्नुपर्ने छ ।

यसअघि नै शीर्ष ४ को होडबाट बाहिरिसकेको नेपाल २०२७ को वानडे विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको छ । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ क्वालिफायरको सहारा लिनुपर्नेछ ।

युबराज सम्राको शतक

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर युबराज सम्राको शतमा निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २५६ रन बनाएको थियो । सम्राले ११७ बल खेल्दै ११ चौका र ४ छक्काको मद्तमा १०५ रन बनाए ।

अर्का ओपनर आरोन जोन्सले ३६ रन बनाए ।  पहिलो विकेटका लागि सम्रा र आरोन जोन्सनले ७२ रनको साझेदारी गर्दै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए । सम्रा र जोनसनको सुरुवातले क्यानडालाई राम्रो स्कोर बनाउन मदत गरेको थियो ।

हर्श थाकेरले ३४ र कप्तान हम्जा तारिकले ३० रन जोडे । समित गोहेलले १७ र आदित्य बरदाराजनले १२ रन जोडे । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुनै समय ठूलो स्कोरतर्फ अघि बढिरहेको क्यानडालाई नेपाली स्पीनरहरुले दबाबमा राखेका थिए । नेपालका लागि सबै १० विकेट स्पीनरले लिए । ललित राजंशीले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले ३, दीपेन्द्र सिंह ऐरीले २ तथा रोहित पौडेलले १ विकेट लिए ।

अर्जुन कुमालको सानदार ब्याटिङ

२५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि पनि युवा ओपनर अर्जुन कुमालले सानदार ब्याटिङ गरे । ओडिआईमा पहिलो शतक बनाउनबाट १३ रनले मात्र चुकेका अर्जुनलले राम्रो सम्भावना देखाएका छन् । उनले ११२ बल खेल्दै ४ चौका मदतमा ८७ रन बनाए । ४१ ओभरसम्म क्रिजमा टिकेका अर्जुनलाई अन्य खेलाडीले राम्रोसँग साथ दिन सकेनन् । एक्लै संघर्ष गरेका अर्जुन आउट भएपछि नेपालले बाँकी विकेट लगातार गुमाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७, इशान पान्डे र गुल्शन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए । करण केसीले अविजित १७ रन जोडे ।

करणले एक छेउबाट इनिङ्स सम्हालेपनि नेपालले ४६औं ओभरमै ३ विकेट गुमाएपछि अलआउट भयो । क्यानडका शिल पटेलले नन्दन यादव र ललित राजवंशीको विकेट लिँदा सन्दीप लामिछाने रनआउट भए ।

क्यानडाका लागि सुदजिन्दर सिंहले ३ तथा कलिम साना र शिल पटेलले २-२ विकेट लिए ।

आईसीसी लिग २

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय