+
+
Shares

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले मधेशमा नयाँ सरकार गठनबारे आज छलफल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३१ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा नयाँ सरकार गठनबारे एमाले र जसपा नेपालबीच केपी शर्मा ओली र उपेन्द्र यादवसहितको छलफल भएको छ ।
  • जसपा नेपालको नेतृत्वमा सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाएर नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको एक नेताले बताए ।
  • एमालेले हिजो नेपाली कांग्रेस नेतृत्वको मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशसभामा नयाँ समीकरणको प्रयास शुरू भएको हो ।

३१ असोज, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेपालबीच छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले आज छलफल गरेका हुन् ।

छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव समेत थिए ।

जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी छलफल भएको एक नेताले बताए ।

ती नेताका अनुसार जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा नयाँ सरकार बनाउने गरी नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको छ ।

हिजो शुक्रबार मात्रै नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएको थियो ।

मधेश प्रदेश सभामा जसपा नेपाल सबैभन्दा ठूलो दल हो । उसको २७ सिट छ । दोस्रो ठूलो दल एमालेको २३ सिट छ ।  कांग्रेसको २२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १५ सिट मात्र छ ।

कुल १०७ सिट रहेको मधेश प्रदेशसभामा सरकारको आवश्यक बहुमतका लागि ५४ सिट आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?