News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि कास्कीका विश्वास पराजुलीलाई आइकोनिक खेलाडीमा छनोट गरेको छ ।
- ट्यालेन्ट हन्टबाट सुप्रिम सुनार, रिजन काफ्ले, सौरभ सिद्दकी र शिशिर लुँईटेल ‘गण्डकी हिरोज २०२६’ का रूपमा छानिएका छन् ।
- पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहितका खेलाडीलाई निरन्तरता दिँदै शकिब अल हसन र धनञ्जय लक्षणलाई टोलीमा राखेको छ ।
२८ असोज, पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले विश्वास पराजुलीलाई आफ्नो आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । पोखरा एभेन्जर्सले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजना गरेको ट्यालेन्ट हन्ट कार्यक्रममार्फत कास्कीका पराजुलीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको हो ।
आइकोनिक खेलाडीका रूपमा छनोट भएका विश्वासले एनपीएलको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको प्रतिनिधित्व गर्नेछन् । विश्वास यसअङि गण्डकी हिरोज टपममा रहिसकेका खेलाडी हुन् ।
यसैगरी, ट्यालेन्ट हन्टबाट सुप्रिम सुनार (तनहुँ), रिजन काफ्ले (नवलपुर), सौरभ सिद्दकी (कास्की)र शिशिर लुँईटेल (स्याङ्जा) ‘गण्डकी हिरोज २०२६’ का रूपमा छनोट भएका छन् । उनीहरू पोखरा एभेन्जर्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन् ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले ग्रासरुट स्तरदेखि नै क्रिकेट प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए । यस कार्यक्रमले स्थानीय प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा व्यावसायिक क्रिकेटमा स्थापित हुन सहयोग पुग्ने विश्वास टोलीले लिएको छ ।
एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको पोखरा एभेन्जर्सले टोलीको प्रशिक्षणसमेत सुरु गरिसकेको छ । टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई निरन्तरता दिएको छ ।
त्यसैगरी, अक्सनमार्फत पोखराले अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरेको छ ।
विदेशी खेलाडीका रूपमा पोखरा एभेन्जर्सले बंगलादेशका चर्चित अलराउन्डर शकिब अल हसनलाई अनुबन्ध गरिसकेको छ । श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई भने लगातार दोस्रो सिजन टोलीमा निरन्तरता दिएको छ ।
टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे अजन्ता विन्स्लो मेन्डिस नियुक्त भएका छन् ।
प्रतिक्रिया 4