News Summary
Generated by OK AI. Editorially reviewed.- दसैंका अवसरमा मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावास २० देखि २२ अक्टोबरसम्म तीन दिन बन्द रहने भएको छ ।
- दूतावासका नियमित सेवा २३ अक्टोबर शुक्रबारदेखि पुनः सञ्चालन हुनेछन् ।
- बिदा अवधिमा आकस्मिक सहयोग आवश्यक परे हटलाइनमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।
२ कात्तिक, काठमाडौं । दसैंमा मलेसिया क्वालालम्पुरस्थित नेपाली दूतावास तीन दिन बन्द रहने भएको छ ।
नेपाली दूतावासका अनुसार भोलि मंगलबार अर्थात् अक्टोबर २० देखि २२ सम्म दूतावासका नियमित सेवा बन्द रहनेछन् ।
दूतावासले दसैंको अवसर पारेर मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाइ दरुसलाम तथा पूर्वी टिमोरमा बसोबास गर्ने नेपालीलाई शुभकामना व्यक्त गर्दै ३ दिन कार्यालय बन्द रहने जानकारी गराएको हो ।
दूतावासले नियमित सेवा अक्टोबर २३ शुक्रबारदेखि पुन: सञ्चालन हुने जनाएको छ । दूतावासले बिदा अवधिमा आकस्मिक सहयोग आवश्यक परे हटलाइनमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4