+
+
Shares

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

रासस रासस
२०८३ कात्तिक ४ गते ७:०१
मुक्तिनाथ मन्दिर । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ मन्दिरमा विजयादशमीका दिन सर्वसाधारणलाई टीका, जमरा र आशीर्वाद दिने कार्यक्रम राखिएको छ।
  • पुजारी कृष्णप्रसाद सुवेदीले आफन्त र अभिभावक नभएकालाई मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको जानकारी दिएका हुन्।
  • दशैंको दिन बिहान ५ बजेदेखि नृत्य आराधना सुरु भएर करिब २ घण्टापछि टीका लगाउने कार्यक्रम हुनेछ।

४ कात्तिक, मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थलका रुपमा परिचित मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ ।

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टीका, जमरा र आर्शीवाद दिने कार्यक्रम रहेको जानकारी दिएका हुन् । विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ ।

आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो ।

दशैंको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा नृत्य आराधना सुरु हुनेछ । अराधना सकिएलगत्तै दशैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?