+

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलको रोमाञ्चक जित

२०८३ कात्तिक  ४ गते ७:५९ २०८३ कात्तिक ४ गते ७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिभरपुलले एनफिल्डमा भिल्लारियललाई ४–३ ले हराउँदै दुई गोलले पछि परेको खेल उल्टाएको छ।
  • भिल्लारियलका जर्जेस मिकाउताद्जे र सर्जी कार्डोनाले सुरुआती २९ मिनेटमै गोल गर्दै २–० को अग्रता बनाएका थिए।
  • लिभरपुलका एलेक्सिस म्याक एलिस्टरले दुई गोल गरेपछि टोलीले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।

४ कात्तिक, काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै भिल्लारियललाई ४–३ गोलले पराजित गरेको छ।

मंगलबार राति एनफिल्डमा भएको खेलमा भिल्लारियलले सुरुआती २९ मिनेटमै दुई गोलको अग्रता बनाएको थियो। चौथो मिनेटमा जर्जेस मिकाउताद्जेले गोल गर्दै पाहुना टोलीलाई अघि बढाए। २९औं मिनेटमा सर्जी कार्डोनाले गोल गरेपछि भिल्लारियल २–० ले अघि रह्यो।

लिभरपुलले ३६औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अन्तर घटायो। उनले कोस्टास सिमिकासको कर्नरमा हेडरमार्फत गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा रियो एन्गुमोहाको पासमा रोनाल्ड अराउजोले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।

दोस्रो हाफमा लिभरपुलले खेलमा नियन्त्रण बनायो। ६५औं मिनेटमा एन्गुमोहाको पासमा म्याक एलिस्टरले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई पहिलोपटक अग्रता दिलाए। त्यसको तीन मिनेटपछि फ्लोरियन विर्ट्जले गोल गर्दै अग्रता ४–२ बनाए।

भिल्लारियलले ८७औं मिनेटमा तानी ओलुवासेयीको गोलबाट अन्तर घटाए पनि बराबरी गर्न सकेन। अन्ततः लिभरपुलले ४–३ को रोमाञ्चक जित निकाल्यो।

यस जितसँगै लिभरपुलले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।

गएराति नै भएको अर्को खेलमा इटालियन क्लब नापोलीले पनि बोडो ग्लिम्टमाथि ४-३ गोलअन्तरकै जित निकालेको छ ।

युरोपियन च्याम्पियन्स लिग लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय