+
+
Shares

वीरगञ्जको क्यासिनोबाट ५ नेपाली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते १२:४६

४ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने काम भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलिरहेको तथा खेलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधिमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?