+
+
Shares

नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमा ३७ वर्षीया सत्यदेवी कोइराला र छोरी ९ वर्षीया पुजा खड्काको मृत्यु भएको छ ।
  • नुहाउने क्रममा डुबेको खबरपछि प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले खोजी गर्दा दुवैको शव फेला पारेको छ ।
  • प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ कात्तिक, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ ।

ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएकी ३७ वर्षीया सत्यदेवी कोइराला र उनकै छोरी ९ वर्षीया पुजा खड्काको बिहीबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

नुहाउने क्रममा उनीहरू डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?