+
+
Shares
गसिप :

त्यसदिन किन रोए ऋषि धमला ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते २०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऋषि धमलाले जेनजी विद्रोहका क्रममा भाटभाटेनी आगलागी हुँदा आफू रोएको बताएका छन् ।
  • उनले पोडकास्टमा सुरुमा आन्दोलन शान्तिपूर्ण हुनुपर्ने भनेर सम्झाएको र भोलिपल्ट दिनभर रिपोर्टिङमा खटिएको बताए ।
  • भाटभाटेनी जल्दा आफूलाई सम्हाल्न नसकेर रोएको धमलाले राजाराम पौडेलको पोडकास्टमा खुलाए ।

त्यसो त बिनासित्ती रुने मान्छे होइनन्, ऋषि धमला । किनभने उनी हँसिलो–रसिलो मान्छे हुन् । फुर्तीको त कुरै नगरौँ ।

वर्षौँ वर्षदेखि आफ्नो कर्ममा खटिएका उनी अक्सर थाक्दैनन् । सधैँ चिरिच्याट्ट भएर हिँड्ने ऋषि धमला वातानुकूलित स्टुडियोमा मात्र होइन, धुलाम्मे–हिलाम्मे सडकमा पनि अन्तर्वार्ता लिन पुग्ने गर्छन् । भलै, पछिल्लो निर्वाचनपछि उनले यतातिर विश्राम लिएका भए पनि ।

राजनीतिदेखि सिनेमासम्मका आलोताता कुराहरू कोट्याउन सक्ने उनी यस्तो मान्छे पनि हुन्, जो अन्तर्वार्ता लिने मात्र होइन, दिनेमा पनि उत्तिकै सक्रिय छन् । यसपालि चाहिँ उनी अन्तर्वार्ता दिने पात्रका रूपमा हाजिर भए, पौडेल कास्टमा ।

भनिहालौँ, यो हास्य अभिनेता राजाराम पौडेलको पोडकास्ट हो । पछिल्लो समय उनी सिनेमामा भन्दा पोडकास्टरका रूपमा बढी छाइरहेका छन् । उनैले यसपालि ऋषि धमलालाई आफ्नो पाहुना बनाए ।

हाँसोठट्टा गर्ने यी दुई पात्र कुराकानीका क्रममा एउटा भावुक मोडमा पुग्छन् । अनि त्यसदिन आफू खुब रोएको कुरा गर्छन् ऋषि धमला । उनी रुनुको कारण थियो, भाटभाटेनीको आगलागी ।

जेनजी विद्रोहका क्रममा भाटभाटेनी दनदनी जल्दा आफू रोएको उनले बताएका छन् । नेपालमा खरिदारीको संस्कृति बदल्ने भाटभाटेनीमा आगलागी भइरहँदा उनले आफूलाई सम्हाल्न नसकेको र रोएको बताएका हुन् । उनले पोडकास्टमा भनेका छन्, ‘सुरुमा मैले जेनजीहरूलाई शान्तिपूर्ण हुनुपर्छ है आन्दोलन भनेर सम्झाएको थिएँ । भोलिपल्ट दिनभर नै म पनि रिपोर्टिङमा खटिएँ । तेस्रो दिन भाटभाटेनी जल्दा भने म रोएँ ।’

खासमा राजाराम पौडेलको पोडकास्टमा रमाइला प्रसङ्गहरू बढी आउने गर्छन् । उनी त्यही किसिमका पात्रहरूलाई आफ्नो पाहुना बनाउँछन् । हाँसोठट्टाका कुरा हुने पोडकास्टमा यसपालि भने अलि भावनात्मक प्रसङ्गहरू जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?