News Summary
Generated by OK AI. Editorially reviewed.- मुक्तिनाथ विकास बैंकले सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गरेको छ।
- आईसीसीले एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आधिकारिक मान्यता दिएको छ, जससँगै रन, विकेट र व्यक्तिगत प्रदर्शन टी–२० तथ्याङ्कमा समावेश हुनेछन्।
- जनकपुर बोल्ट्सका सीईओ निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकको साथले मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धता मजबुत हुने बताए।
८ कात्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार, यस सहकार्यमार्फत बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहान गर्ने तथा युवा सशक्तिकरणका लागि पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।
जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकको साथले मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धतालाई मजबुत बनाउने बताए ।
एनपीएल व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । यसैबीच, एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता प्रदान गरेको छ ।
यस मान्यतासँगै प्रतियोगितामा खेलाडीहरूले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछन् । यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय रुपमा आफ्नो क्षमता प्रदर्शन गर्न र आधिकारिक तथ्याङ्कमा आधारित खेल जीवनको अभिलेख निर्माण गर्न थप अवसर प्रदान गर्नेछ ।
साथै, एनपीएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल टोली हो । पहिलो संस्करणको च्याम्पियनका रूपमा प्राप्त सफलताले टोलीलाई नेपाली क्रिकेट प्रेमीहरूमाझ लोकप्रिय बनाउनुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई समेत थप उजागर गरेको छ।
प्रतिक्रिया 4