News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्समा महँगी र विद्यालयको खस्कँदो अवस्थाविरुद्ध शनिबार भएको प्रदर्शनमा करिब ४ लाख १० हजारदेखि ८ लाखसम्म मानिस सहभागी भएका थिए।
- प्रदर्शनका क्रममा करिब १ हजार जना पक्राउ परेका छन्, भने शान्ति सुरक्षा कायम गर्न ७० हजार प्रहरी परिचालन गरिएको थियो।
- गत साताको जस्तो व्यापक हिंसा र लुटपाट रोकिएको छ, र तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न सयौँ व्यक्ति जेल चलान भएका छन्।
८ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र विद्यालयहरूको खस्कँदो अवस्थाको विरोधमा शनिबार फेरि विशाल प्रदर्शन भएको छ।
अधिकारीहरूका अनुसार, लाखौँ मानिस सहभागी उक्त प्रदर्शनका क्रममा करिब एक हजार जनालाई पक्राउ गरिएको छ।
बीबीसीका अनुसार, शनिबार अबेर राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो।
यद्यपि, गत साताको अन्त्यमा भएको जस्तो व्यापक हिंसा र लुटपाटलाई रोक्न भने सुरक्षा निकाय सफल भएको छ। गत साताको हिंसालाई फ्रान्सको आधुनिक इतिहासमै अशान्तिको सबैभन्दा गम्भीर घटनामध्ये एक मानिएको थियो।
फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार करिब ४ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए। तर, ट्रेड युनियनहरूले भने प्रदर्शनकारीको सङ्ख्या करिब ८ लाख रहेको दाबी गरेका छन्।
प्रदर्शनका क्रममा शान्ति सुरक्षा कायम राख्न करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो। महँगी र विद्यालयको अवस्थाविरुद्ध भइरहेका प्रदर्शनलाई हिंसात्मक हुनबाट रोक्न कैयौँ सहरमा कठोर प्रतिबन्धहरूसमेत लगाइएका थिए।
गत साता प्रदर्शनकारीको तुलनामा प्रहरीको सङ्ख्या कम हुँदा सयौँ पसलमा लुटपाट हुनुका साथै कैयौँ भवनमा आगो लगाइएको थियो।
यसै साता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गर्ने प्रदर्शनलाई मात्र अनुमति दिने आदेश जारी गरेका थिए।
यसैबीच, द्रुत सुनुवाइमार्फत तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न सयौँ व्यक्तिलाई जेल चलान गरिसकिएको छ।
प्रतिक्रिया 4