+
+
Shares

६ महिनामा ९५ हजार पशुपन्छीको बीमा, गाईभैँसी ७६ हजार

सरकारले बीमा प्रिमियम अनुदान भुक्तानीलाई अनलाइन प्रणाली मार्फत सहज बनाएपछि पछिल्लो ६ महिना अवधिमा ९५ हजारभन्दा बढी पशुपन्छी तथा मत्स्य बीमालेख जारी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अनलाइन प्रणाली सहज बनाएपछि पछिल्लो ६ महिनामा ९५ हजार ३ सय ९ पशुपन्छी तथा मत्स्य बीमालेख जारी भएका छन् ।
  • किसानले कृषि तथा पशुपन्छी बीमामा सवा अर्ब रुपैयाँभन्दा बढी प्रिमियम अनुदान प्राप्त गरेका छन् ।
  • सबैभन्दा धेरै ७६ हजार २ सय ४० गाईभैँसीका बीमालेख जारी भएका छन् ।

८ कात्तिक, काठमाडौं । किसानहरूमा कृषि तथा पशुपन्छी बीमामा आकर्षण बढेको देखिएको छ ।

सरकारले बीमा प्रिमियम अनुदान भुक्तानीलाई अनलाइन प्रणाली मार्फत सहज बनाएपछि पछिल्लो ६ महिना अवधिमा ९५ हजारभन्दा बढी पशुपन्छी तथा मत्स्य बीमालेख जारी भएका छन् भने किसानले सवा अर्ब रुपैयाँभन्दा बढी प्रिमियम अनुदान प्राप्त गरेका छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पशु सेवा विभागमा अनलाइन बिमा प्रणाली (एएलआईएस) पहुँच सुनिश्चित भएसँगै कुल ९५ हजार ३ सय ९ बीमालेख जारी भएका छन् ।

तीमध्ये सबैभन्दा धेरै गाईभैँसीका बीमालेख छन् ।  तथ्यांक अनुसार ७६ हजार २ सय ४० गाईभैँसीको बीमा गरिएको छ । बाख्राका १२ हजार ४ सय ५०, पन्छीका २ हजार ६ सय ५०, बंगुरका २ हजार ४ सय ६८ र माछाका १ हजार ५ सय १ बीमालेख जारी भएका छन् ।

‘बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि’ अनुसार सरकारले कुल १ अर्ब २४ करोड २७ लाख ५० हजार ९ सय ४३ रुपैयाँ प्रिमियम अनुदान भुक्तानी गरेको छ ।

यसमध्ये पशुपन्छी तथा मत्स्यतर्फ १ अर्ब १९ करोड १३ लाख ३५ हजार र बालीतर्फ ५ करोड १४ लाख १५ हजार रुपैयाँ अनुदान भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।

कृषि विभागका अनुसार नेपाल बीमा प्राधिकरणले चैत २०८२ सम्म पेस गरेका बीमालेख अध्ययन गरी बालीतर्फको भुक्तानी फर्छ्योट गरिएको हो ।

त्यसपछिका ३ महिनाका बिमालेख प्राधिकरणमा संकलन भइरहेको र अध्ययनपछि भुक्तानी दिइने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?