+
+
Shares

गोला मुक्सार–लालपुर सडकको बजेट कटौती, ७० लाखमा टेन्डरको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजार नगरपालिका–१ र ३ जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट एक करोडबाट ३० लाख कटौती भएर ७० लाखमा झरेको छ।
  • पूर्वाधार विकास कार्यालय सिरहाले उपलब्ध ७० लाख रुपैयाँभित्र रहेर लागत अनुमान तयार गरी दुई साताभित्र टेन्डर प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
  • सडक कालोपत्रे भएपछि गोलबजार नगरपालिका–१ र ३ का बासिन्दाको आवागमन सहज हुने र स्थानीय व्यापारिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

८ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ र ३ लाई जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट ३० लाख रुपैयाँ कटौती भएको छ ।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको एक करोड रुपैयाँमध्ये ३० लाख कटौती भएपछि अब ७० लाख रुपैयाँको लागतमा टेन्डर प्रक्रिया अघि बढाइने भएको छ ।

पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख इन्जिनियर रामदेव खर्गा यादवले स्थलगत अवलोकन तथा स्थानीयवासीसँग छलफलपछि योजनाका लागि ७० लाख रुपैयाँ मात्र उपलब्ध भएको जानकारी दिएका छन् ।

यादवका अनुसार अन्य कार्यक्रमका लागि बजेट कटौती गरिएकाले उपलब्ध रकमको सीमाभित्र रहेर सडक निर्माणको काम अघि बढाइनेछ । त्यसका लागि लागत अनुमान (स्टिमेट) तयार गरी टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए ।

कात्तिक महिनामा बिदा पनि धेरै भएकाले सकेसम्म सिरहाका सबै योजनाको स्थलगत अवलोकन गरी आगामी दुई साताभित्र टेन्डर प्रक्रियामा जाने तयारीमा रहेको यादवले बताए ।

गोला मुक्सारदेखि लालपुरसम्मको सडकको स्थलगत अवलोकन सम्पन्न गरेर अब उपलब्ध बजेटअनुसार निर्माण गर्न सकिने कामको लागत अनुमान तयार गरी टेन्डर प्रक्रिया अघि बढाइनेछ ।

सडक कालोपत्रे भएपछि गोलबजार नगरपालिका–१ र ३ का बासिन्दाको आवागमन सहज हुनुका साथै स्थानीय व्यापारिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?