News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलको तेस्रो सिजनका लागि एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ, र आइतबार सम्झौता भएको हो।
- क्लबका सिइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
- खेल अवधिभर एलओडीका डिजेहरूले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको एलओडी जोनबाट म्युजिक प्ले गर्नेछन्।
८ कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब ‘इन्टरटेनमेन्ट पार्टनर’ बनेको छ ।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको तेस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।
आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् । एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सिइओ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबका डिजेहरूले क्रिकेट रंगशालाको एलओडी जोनबाट म्युजिक प्ले गर्ने छन् ।
‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको छ,’ उनले भने ।
क्रिकेटप्रतिको बढ्दो आकर्षण र एनपीएलको लोकप्रियतामा सहभागिता बढेकाले एलओडीले खेलकुदसँगै मनोरञ्जन क्षेत्रलाई थप प्रवर्द्धन गर्ने उनले बताए ।
श्रेष्ठले नेपाली खेलकुद र मनोरञ्जन क्षेत्रलाई एकसाथ अगाडि बढाउने आफ्नो उद्देश्य रहेको बताए । राष्ट्रिय खेलकुद प्रतियोगितासँगको सहकार्यले नेपाली युवा पुस्तामाझ खेलकुद र मनोरञ्जन दुवैको आकर्षण बढाउने विश्वास गरिएको छ ।
सन् २०१९ मा स्थापना भएको एलओडीले नेपालले छोटो समयमै नेपालको मनोरञ्जन तथा नाइटलाइफ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
सन् २०२६ को सूचीमा एलओडी नेपाल विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४०औँ स्थानमा पर्न सफल भएको छ । नेपालको मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप योगदान पुर्याएको छ ।
खेलकुदलाई केवल प्रतिस्पर्धामा सीमित नराखी उत्सव, संस्कृति र मनोरञ्जनसँग जोड्ने अवसरसमेत प्रदान गरेको श्रेष्ठको भनाइ छ ।
एनपीएलको दोस्रो सिजनमा पनि एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको थियो ।
प्रतिक्रिया 4