News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा तोकेको छ, हिजोको दर स्थिर छ।
- युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा पुगेको छ, हिजोको तुलनामा दर बढेको छ।
- अष्ट्रेलियन डलरको भाउ बढ्दा पाउण्ड स्टर्लिङ, स्वीस फ्र्यांक, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ घटेको राष्ट्र बैंकले जनाएको छ।
९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ स्थीर छ ।
युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ भने पाउण्ड स्टर्लिङ, स्वीस फ्र्यांक, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ घटेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ । हिजो पनि यही दर कायम थियो ।
आज युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा छ । हिजो युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा थियो ।
आज पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा थियो ।
राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिद दर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४९ पैसा छ । हिजो स्वीस फ्र्यांक एकको खरिद दर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा थियो ।
अष्ट्रेलियन डलरको भाउ बढ्यो, क्यानेडियन र सिंगापुर डलरको भाउ घट्यो
आज अष्ट्रेलियन डलरको भाउ बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा थियो ।
आज क्यानेडियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा थियो ।
आज सिंगापुर डलरको भाउ घटेको छ । आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ७ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा तोकिएको थियो ।
प्रतिक्रिया 4