+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

अमेरिका-क्यानाडा व्यापार विवाद चाँडै सुल्झिने ट्रम्पको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गर्दै आइतबार मिशिगनको पोर्ट ह्युरोनमा यस्तो बताएका हुन् ।
  • गत अगस्टमा वार्ता असफल भएपछि ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमा थप कर लगाएका थिए, जसले करिब २० अर्ब अमेरिकी डलरका सामान प्रभावित भएका छन् ।
  • व्यापार विवादपछि क्यानाडाले अमेरिकी उत्पादनमा समान मूल्यका सामानलाई लक्षित गरी कर लगाएको थियो, र ह्वाइट हाउसले शुक्रबार केही वस्तुमाथिको कर हटाएको थियो ।

९ कात्तिक, वासिङ्टन (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गरेका छन्। अमेरिकी मध्यावधि निर्वाचन हुन नौ दिन बाँकी रहँदा आइतबार मिशिगनको पोर्ट ह्युरोनमा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन्।

गत अगस्टमा व्यापार वार्ता असफल भएपछि दुई देशबीच तनाव बढेको छ । त्यसपछि ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमा थप कर लगाएका थिए।

ट्रम्पले सभामा भने, “हामी यो समस्या चाँडै समाधान गर्नेछौँ । अहिले उनीहरू हामीलाई जे पनि दिन तयार छन् ।” उनले क्यानाडामाथि कर लगाउने निर्णयको बचाउ गर्दै क्यानाडाले वर्षौंदेखि अमेरिकाबाट अनुचित फाइदा उठाएको आरोप लगाए।

अगस्टमा वार्ता असफल भएपछि लगाइएको करले हक्कीका सामग्रीदेखि सिमेन्टसम्मका करिब २० अर्ब अमेरिकी डलर मूल्यका सामान प्रभावित भएका छन् । त्यसको जवाफमा क्यानाडाले पनि अमेरिकी उत्पादनमा समान मूल्यका सामानलाई लक्षित गरी कर लगाएको थियो । त्यसपछि ट्रम्पले केही वस्तुमा ५० प्रतिशतसम्म कर लगाएर प्रतिकार गरेका थिए।

व्यापार विवादबाट प्रभावित सीमावर्ती राज्य मेनकी सिनेटर सुसान कोलिन्सको आग्रहपछि ह्वाइट हाउसले शुक्रबार तीमध्ये केही वस्तुमाथिको कर हटाएको थियो । आगामी मङ्गलबार हुने मध्यावधि निर्वाचनमा सिनेटको नियन्त्रण प्राप्त गर्ने प्रयासमा डेमोक्रेटहरूले कोलिन्सको सिटलाई लक्ष्य बनाएका छन् ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुदेखि नै मित्रराष्ट्र र प्रतिस्पर्धी देशमाथि व्यापक कर लगाउँदै आएका छन्। अन्य देशले अमेरिकाको आर्थिक फाइदा उठाएको आरोप लगाउँदै उनले विश्वव्यापी व्यापार व्यवस्थामा परिवर्तन गर्न खोजेका छन्। उनले कतिपय करलाई राजनीतिक तथा विदेश नीतिसम्बन्धी उद्देश्यसँग पनि जोड्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?