News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा आठ टोलीबीच सुरु हुँदैछ।
- उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन्।
- एनपीएलका सबै खेल हिमालय स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ, र अनलाइनखबरले ‘NPL LIVE’ डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।
९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
एनपीएलका सबै खेलहरूको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले गर्नेछ ।
उद्घाटन खेल सुरु हुनुअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा उल्लेख्य रुपमा दर्शकहरू पुग्न थालेका छन् ।
आजको उदघाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
अघिल्ला संस्करणमा झैँ यसपटक पनि अनलाइनखबरले एनपीएल विशेष डिजिटल पोर्टल ‘NPL LIVE’ सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत पाठकले प्रतियोगिताका खेलको बलबाई बल अपडेट, लाइभ कमेन्ट्री, लाइभ स्कोरकार्ड तथा अतिथि विज्ञका विश्लेषण प्राप्त गर्न सक्नेछन्।
तस्वीरहरू-















प्रतिक्रिया 4