News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किइन् ।
- उहाँले हेबोई प्रान्तको स्योङआनमा आयोजित ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागी भएर अक्टोबर २३ देखि २५ सम्म सम्बोधन गर्नुभयो ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले ‘यो भ्रमण भन्दा पनि जिजिआईको सम्मेलन हो । त्यसमा भाग लिन म गएको हो ।’ भन्नुभयो ।
८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन् ।
वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन् ।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको उक्त फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कुटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए ।
फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा भएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू भ्रमणमा भन्दा पनि सम्मेलनमा सहभागि हुने गएको बताइन् ।
‘सबै कुरा सञ्चारमाध्यममा आइ सकेको नै छ । यो भ्रमण भन्दा पनि जिजिआईको सम्मेलन हो । त्यसमा भाग लिन म गएको हो । अनि त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ । चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ,’ उनले भनिन् ।
एमाले वरिष्ठ नेता भएवपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।
प्रतिक्रिया 4