News Summary
Generated by OK AI. Editorially reviewed.- बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको मौसम विभागले जनाएको छ।
- मौसम विभागले विशेष बुलेटिन जारी गर्दै कात्तिक १२ गतेदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा हुन सक्ने बताएको छ।
- कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
९ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढेको छ । नेपाल मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै सम्भावित प्रतिकूल मौसमबाट सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परिणत हुने सम्भावना छ ।
उक्त प्रणाली अक्टोबर २८ अर्थात् कात्तिक १२ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।
चक्रवातको प्रभावले कात्तिक १२ गतेदेखि देशका विभिन्न स्थानमा मौसम प्रभावित हुने सम्भावना छ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ ।
कात्तिक १३ र १४ गते केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित हुन सक्ने विभागले जनाएको छ । त्यसैले विभागले हिमाली क्षेत्रका जिल्ला बढी जोखिममा पर्नसक्ने भन्दै रातो रंगले संकेत गरेको छ ।
प्रतिक्रिया 4