News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा दुई समुदायबीचको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन्।
- गत साउन १४ गतेको तोडफोड र आगजनीमा मुख्य भूमिका रहेको आरोपमा खानविरुद्ध दुई महिनाअघि जाहेरी परेको थियो।
- प्रहरीले हिजो राति सोही मुदामा वडा–११ का अध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरेको थियो।
९ कात्तिक, सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन् ।
गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा खानको समेत मुख्य भूमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध जाहेरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार खानलाई गोलबजार क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए ।
हिजो राति मात्र सोही मुदामा प्रहरीले वडा–११ का अध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4