+

मझिया स्मृति कप महिला फुटबलमा पदमा स्पोर्ट्स क्लबको फराकिलो जित

२०८३ कात्तिक  ९ गते २१:४८ २०८३ कात्तिक ९ गते २१:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रथम मझिया स्मृति कपको दोस्रो क्वार्टरफाइनलमा पदमा स्पोर्ट्स क्लब ओखलढुंगाले बेलबारी फुटबल क्लब मोरङलाई ७–० ले पराजित गरेको छ।
  • खेलमा सिम्रन गुरुङले चार गोल गरी ‘प्लेयर अफ द म्याच’ जितिन्।
  • प्रतियोगितामा आठ टोली सहभागी छन् र विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

१० कात्तिक, कात्तिक । प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ‘ए’ साइड महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पदमा स्पोर्ट्स क्लब ओखलढुंगाले बेलबारी फुटबल क्लब मोरङलाई ७–० गोलले पराजित गरेको छ।

संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आइतबार भएको खेलमा पदमा स्पोर्ट्स क्लबको जितमा सिम्रन गुरुङले चार गोल गरिन्। उत्कृष्ट प्रदर्शन गरेकी उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

पदमा स्पोर्ट्स क्लबका लागि सुक्रीय मगरले खेलको ३१औँ मिनेटमा पहिलो गोल गरिन्। पहिलो हाफको अतिरिक्त समयमा सिम्रनले लगातार दुई गोल गरिन् भने भूमिक बुढाथोकीले एक गोल थपिन्।

दोस्रो हाफमा सिम्रनले व्यक्तिगत तेस्रो गोल गर्दै टोलीको अग्रता बढाइन्। त्यसको तीन मिनेटपछि सिर्जना बदुवालले गोल गरिन्। खेलको ३३औँ मिनेटमा सिम्रनले व्यक्तिगत चौथो गोल गरेपछि पदमा स्पोर्ट्स क्लबले ७–० को जित पक्का गर्‍यो। बेलबारीले खेलमा गोल फर्काउन सकेन।

स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सहआयोजनामा भइरहेको छ। प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम र डीवाईसी साँगुरीगढी, भेडेटार, धनकुटाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।

मझिया स्मृति कप महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय