News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर ७२ वर्षीय यमलाल गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।
- सोमबार राति करिब १० बजे घर जाने क्रममा गौतम तम्घास–सिमलटारी सडकखण्डको नालीमा करिब ९ मिटर तल खसेका थिए।
- प्रहरीले शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सेउघाका ७२ वर्षीय यमलाल गौतम रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति करिब १० बजे घर जाने क्रममा गोरेटोको भिरालो बाटोबाट करिब ९ मिटर तल तम्घास–सिमलटारी सडकखण्डको नालीमा खसेर गौतम मृत अवस्थामा फेला परेका थिए ।
घटनाबारे राति साढे १० बजे जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का लगायतका प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाएको छ ।
गौतमको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4