News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वसचिव डा. रामप्रसाद घिमिरे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।
- मन्त्रालयले खुला प्रतिस्पर्धाबाट छनोट गरेर घिमिरेलाई कार्यकारी निर्देशक बनाएको हो ।
- सचिव मदन भुजेलबाट घिमिरेले नियुक्तिपत्र बुझेका छन् ।
१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् ।
केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका हुन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलबाट घिमिरेले नियुक्तिपत्र बुझिसकेका छन् ।
यसअघि स्टाफ कलेजको कार्यकारी निर्देशक पदमा मन्त्रिपरिषद्बाट सीधै नियुक्ति गर्ने अभ्यास रहेकोमा यसपटक खुला प्रतिस्पर्धाबाट छनोटको विधि अपनाइएको थियो ।
कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकाहरुमध्ये डा. रामप्रसाद घिमिरेसहित गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा र बाबुराम अधिकारी र अञ्जु मिश्र संक्षिप्त सूचीमा थिए । तीमध्ये अन्तर्वार्ता, प्रस्तुतीकरण र योग्यता परीक्षण समेतका आधारमा घिमिरे नियुक्त भएका हुन् ।
प्रतिक्रिया 4