News Summary
Generated by OK AI. Editorially reviewed.- डिसहोमले एनपीएल सिजन ३ का खेल डीटीएच र आईपीटीभीमार्फत एचडी गुणस्तरमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
- एक्टिभ ग्राहकले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टुमार्फत अतिरिक्त शुल्कविना खेल हेर्न सक्नेछन् ।
- सदस्यता समाप्त भएका ग्राहकले खल्ती र ईसेवा मार्फत रिचार्ज गरी दुई खेल हुने दिन मध्यान्न १२:३० बजे र साँझ ५ बजे खेल हेर्न सक्नेछन् ।
१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ ।
डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकले अतिरिक्त शुल्कविना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टुमार्फत एनपीएलका खेल हेर्न सक्नेछन् । खेल हेर्न ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्ने छ ।
सदस्यता अवधि समाप्त भएका ग्राहकले खल्ती तथा ईसेवा मार्फत सजिलै रिचार्ज गरी खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । दुई खेल हुने दिनमा खेलहरू मध्याह्न १२:३० बजे र साँझ ५ बजेदेखि प्रत्यक्ष प्रसारण हुनेछन् ।
क्रिकेटप्रेमी दर्शकले डिसहोम मार्फत एनपीएल सिजन ३ का प्रत्येक रोमाञ्चक क्षण, चौका, छक्का र विकेटको आनन्द घरमै बसेर लिन सक्नेछन् ।
डिसहोमले ‘एनपीएल सिजन ३, क्रिकेटको जोश, डिसहोमको साथ’ भन्ने नारासाथ आफ्नो सेवा क्रिकेटप्रेमी दर्शकमा समर्पित गरेको जनाएको छ ।
प्रतिक्रिया 4