+
+
Shares

‘..आशिक हुँ’ भन्दै आए ‘किङ खान’, नयाँ फिल्मको पोस्टरमा यस्तो देखिए

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शाहरुख खानको आगामी फिल्म ‘किङ’को नयाँ पोस्टर सार्वजनिक भएको छ, जसमा उनको एक्सन र रोमान्स मिश्रित लुक देखिन्छ ।
  • शाहरुखले पोस्टरसँगै ‘आज फेरि याद आयो... कातिल होइन, आशिक हुँ ।’ लेखेका छन् ।
  • सिद्धार्थ आनन्द निर्देशित ‘किङ’ २०२६ डिसेम्बर २४ मा विश्वभर प्रदर्शन हुने तय भएको छ ।

बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शाहरुखको एक्सन र रोमान्स मिश्रित दमदार अवतार देख्न सकिन्छ ।

पोस्टरमा शाहरुखको मुखमा गुलाबको फूल छ भने हातमा बन्दुक देखिन्छ । अनुहारमा चोटका निशानसहित देखिएका उनको यो लुकले फिल्ममा एक्सनसँगै प्रेमको पाटो पनि रहेको सङ्केत गर्छ ।

पोस्टर सार्वजनिक गर्दै शाहरुखले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज फेरि याद आयो… कातिल होइन, आशिक हुँ ।’ उनको यो संवादले सन् १९९९ मा प्रदर्शन भएको फिल्म ‘बादशाह’को चर्चित गीतको सम्झना गराउँछ ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’मा शाहरुखसँगै सुहाना खान, दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, अनिल कपुरलगायत कलाकारको अभिनय छ ।

फिल्म सन् २०२६ डिसेम्बर २४ मा विश्वभरका सिनेमा घरमा प्रदर्शन हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?