+
+
Shares

दशैंमा चितवन घुम्ने पर्यटक २० हजार, राजश्व १ करोड ७३ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १२:१९

११ कात्तिक, चितवन । दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्जका अनुसार घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्मको अवधिमा निकुञ्जमा २० हजार ८७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

पर्यटकहरुबाट सो अवधिमा एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजश्व संकलन भएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार दशैंको अवधिमा ११ हजार ८९१ नेपाली, सार्क देशका ८३१, तेस्रो देशका विदेशी ७ हजार ३ सय ६५ जनाले निकुञ्ज घुमेका हुन् ।

सबैभन्दा धेरै सौराहा क्षेत्रबाट पर्यटकहरु निकुञ्जमा जीप सफारी गरेर घुमेको निकुञ्जको तथ्यांकले देखाउँछ । सौराहाबाट दशैंको टिका लगत्तै नेपाली पर्यटक बढेका थिए । कात्तिक ६ गते २ हजार ३७, कात्तिक ७ गते २ हजार ८६, कात्तिक ८ गते १७ सय १३ जना नेपाली पर्यटकले सौराहा पोष्टबाट निकुञ्ज घुम्न गएको देखिएको छ ।्नि

कुञ्जले नेपालीसँग १५०, सार्क मुलुकका पर्यटकसँग १ हजार र तेस्रो मुलुकका पर्यटकसँग २ हजार रूपैयाँ शुल्क लिने गर्दछ । प्रति जिपको एकपटक गएको ५ हजार लिने गरिन्छ । निकुञ्जले पहिलोपटक सौराहा क्षेत्रको पोष्टबाट २०८३ असोज २९ गतेदेखि अनलाइन टिकट काट्न मिल्ने व्यवस्था गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरी जंगली जनाबर तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको अवलोकन गर्न तथा शान्त राप्ती नदीमा डुंगा शयर गर्नुका साथैं यहाँको थारु संस्कृतिमा रमाउनका लागि पर्यटकहरु चितवन आउने गर्दछन् । निकुञ्ज प्रवेश गर्ने प्रमुख केन्द्र वरपर राप्ती नदी किनारमा ठूला तथा साना होटलहरु बनेका छन् ।

निकुञ्ज भित्र जीप सफारी गर्ने, सामुदायिक तथा मध्यवर्ती बनमा हात्ती सफारी, राप्ती नदीमा डुंगा सफारी यहाँका प्रमुख पर्यटकीय गतिविधी हुन् । सौराहासहित दशैंको बेलामा पश्चिम चितवनको मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरुको उल्लेख्य संख्या रहेको होटल तथा पर्यटन व्यवसायीहरुले जनाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/०८३ मा २ लाख ७२ हजार ९२३ पर्यटकहरुले घुमेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?