+
+
Shares

मोरङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको उर्लाबारी गोल चोकमा ट्रकको ठक्करबाट स्कुटर चालक ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको छ ।
  • मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते थापाको अरनिको अस्पताल उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

११ कात्तिक, काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ ।

उर्लाबरी नगरपालिका–६ उर्लाबारी गोल चोकस्थित सडकमा बा.प्र. ०१–००४ क २२२८ नम्बरको ट्रकले बा.प्र.१–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट स्कुटर चालक सोही नगरपालिका–८ बस्ने ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?