News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा ओके स्पोर्ट्स फ्यान रेटिङ सुरु गरेको छ।
- दर्शकले लाइभ अपडेट्स पेजमा लगइन गरेर प्रत्येक खेलका टोली र खेलाडीलाई १ देखि १० सम्म अङ्क दिन सक्नेछन्।
- यो रेटिङ केवल सम्बन्धित खेलको प्रदर्शनमा आधारित हुने र २४ घण्टासम्म मात्र उपलब्ध हुने अनलाइनखबरले जनाएको छ।
११ कात्तिक, काठमाडौं । अनलाइनखबरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप अन्तरक्रियात्मक र दर्शककेन्द्रित बनाउन ओके स्पोर्ट्स फ्यान रेटिङ सुरु गरेको छ। यस सुविधामार्फत क्रिकेटप्रेमी दर्शकले प्रत्येक खेलमा सहभागी दुवै टोली र खेलाडीको प्रदर्शनलाई १ देखि १० सम्मको अङ्क दिएर आफ्नो मूल्याङ्कन सार्वजनिक गर्न सक्नेछन्।
‘ओके स्पोर्ट्स फ्यान रेटिङ’ले खेलप्रतिको दर्शकको धारणा र सहभागितालाई डिजिटल माध्यमबाट प्रत्यक्ष अभिव्यक्त गर्ने अवसर प्रदान गर्नेछ। यसमा सहभागी हुन प्रयोगकर्ताले अनलाइनखबरको एनपीएल सिजन ३ को लाइभ अपडेट्स पेजमा गई सम्बन्धित खेलको पेज खोल्नुपर्नेछ।
आफ्नो अनलाइनखबर अकाउन्टमा लगइन गरेपछि त्यहाँ रहेको फ्यान रेटिङ ट्याबमा गएर टोली र खेलाडीलाई अङ्क दिन सकिनेछ।

यो रेटिङ पूर्ण रूपमा सम्बन्धित खेलमा टोली र खेलाडीले गरेको प्रदर्शनमा मात्र आधारित हुनेछ। यसलाई कुनै पनि खेलाडीको समग्र क्षमता, करिअर वा प्रतियोगिताभरको स्थायी मूल्याङ्कनका रूपमा भने लिन मिल्नेछैन। दर्शकले प्रत्येक खेलको रेटिङ सम्बन्धित खेलको पेजमा २४ घण्टासम्म मात्र गर्न पाउनेछन्।
यस नयाँ सुविधाले दर्शकलाई खेल हेर्ने मात्र नभई खेलाडीको प्रदर्शनबारे आफ्नो धारणा राख्ने र अन्य क्रिकेटप्रेमीहरूको मूल्याङ्कनसमेत हेर्ने अवसर दिनेछ। ‘तपाईंको आवाज, तपाईंको फैसला, तपाईंको खेल’ भन्ने भावनासहित सुरु गरिएको यो रेटिङ प्रणाली अनलाइनखबरको एनपीएल डिजिटल कभरेजअन्तर्गतको एक विशेष अन्तरक्रियात्मक सुविधा हो।
रिसेन्ट रिजल्टमा सकिएका म्याचहरूमा मात्र रेटिङ दिन पाइन्छ, म्याच नसकिँदै रेटिङ गर्न भने मिल्दैन ।

प्रतिक्रिया 4