+
+
Shares

स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु

प्रधानमन्त्री सान्चेजले गरे दु:ख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनको टोलेडोमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले जनाएको छ।
  • स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन्।
  • सान्चेजले दुर्घटनाबारे आफू यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्।

११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् ।

उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री सान्चेजले दुर्घटनाबारे आफू यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?