+
+
Shares

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते २२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसकिएपछि ठेक्का तोडिएको छ।
  • २०७९ वैशाख १६ मा सम्झौता भएको १० किलोमिटर सडक २०८३ वैशाख १६ सम्म म्याद थपिँदा पनि १९ दशमलव ८३ प्रतिशत मात्र प्रगति भएको थियो।
  • सडक डिभिजन कार्यालय साँफेबगरले निर्माण व्यवसायीबाट रु ३८ करोड २३ लाख ९६ हजार ४९३ दाखिला गर्न पत्राचार गरेको छ।
  • पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजनमार्फत लामो समयदेखि अलपत्र छ वटा रुग्ण ठेक्का पनि अन्त्य गरिएको छ।

११ कात्तिक, काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।

विसं २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो ।

सडकखण्डको काम सम्पन्न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको पूर्वाधार विकास मन्त्रालयले प्रेस नोटमार्फत जनाएको छ । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ ।

निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दासमेत सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको जनाइएको छ ।

कूल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि रु ३९ करोड ९९ लाख २९ हजार लागत अनुमान रहेको थियो । ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीबाट रु ३८ करोड २३ लाख ९६ हजार ४९३ दाखिला गर्न पत्राचार गरेको छ ।

यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने छ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । २०७६ देखि काम अलपत्र परेका योजनाको ठेक्का तोडिएको हो । तोडिएका ठेक्काहरूमा साँफे–मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक, मङ्गलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?