+
+
Shares

इरानलाई अमेरिकी उपराष्ट्रपति भान्सको पत्र, के छ सर्त ?

एजेन्सी एजेन्सी
२०८३ कात्तिक १२ गते ७:५९

१२ कात्तिक, काठमाडौं । अमेरिका र इरानबीच सम्भावित सैन्य टकरावको जोखिम बढिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाइलाई कूटनीतिक पत्र पठाएका छन्।

इरानमाथिको सम्भावित अमेरिकी सैन्य हमलालाई रोक्न गरिने जुनसुकै वार्तामा ‘परमाणु मुद्दामाथिको छलफल’ अनिवार्य हुनुपर्ने सर्त उपराष्ट्रपति भान्सले पत्रमार्फत राखेका छन्।

मध्यावधि निर्वाचन लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः ठूलो सैन्य कारबाही सुरु गर्ने सोच बनाइरहेका बेला महिनौंपछि दुई देशबीच उच्च स्तरमा यो कूटनीतिक सम्पर्क भएको हो।

ह्वाइट हाउसभित्रको रणनीति र सर्वोच्च नेतासम्म पहुँच

अमेरिकी अधिकारीहरूका अनुसार उपराष्ट्रपति भान्स स्वयंले राष्ट्रपति ट्रम्पलाई इरानी राष्ट्रिय सुरक्षा प्रमुख रेजाइलाई पत्र पठाउने प्रस्ताव राखेका थिए। रेजाइ इरानका शीर्ष सुरक्षा रणनीतिज्ञ हुनुका साथै सर्वोच्च नेता मोज्तबा खामेनेइसँग सिधा सम्पर्कमा रहने शक्तिशाली पात्र मानिन्छन्।

पत्र पठाउने समय खुलाउन अस्वीकार गर्दै एक अमेरिकी अधिकारीले भने, ‘राष्ट्रपति ट्रम्प यस पत्रको विषयलाई लिएर निकै उत्साहित हुनुहुन्थ्यो।’

भान्सले इरानी अधिकारीलाई पत्राचार गरेको विषय पहिलोपटक ‘द वाल स्ट्रिट जर्नल’ ले सार्वजनिक गरेको थियो।

वार्ता पुन: सुरु गर्ने प्रयासमा मुख्य अड्चन

दुई देशबीच पुनः कूटनीतिक वार्ता सुरु गर्ने प्रयासमा दुवै पक्षका आ-आफ्नै कडा सर्तहरू बाधक बनेका छन् ।

इरानले अमेरिकासँग वार्तामा बस्नुअघि अमेरिकाले आफूमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, रोक्का राखिएका इरानी कोषहरू फुकुवा गर्नुपर्ने र तेल बिक्री गर्न अनुमति दिनुपर्ने पूर्वसर्त राखेको छ।

अमेरिकाले भने इरानलाई कुनै पनि प्रकारको प्रतिबन्धमा छुट दिनुअघि इरान बिनासर्त परमाणु वार्तामा फर्किनुपर्ने अडान कायम राखेको छ।

राष्ट्रपति ट्रम्पको दाबी: ‘औषधि तथा मानवीय सहायताका लागि पत्र’

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति भान्सको पत्रको मुख्य उद्देश्य इरानलाई आवश्यक चिकित्सा सामग्री उपलब्ध गराउनु रहेको दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले भने,’मूलतः, यो पत्र बिरामी परेका र स्वास्थ्य समस्यामा रहेका इरानी जनतालाई मद्दत गर्नका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू पुर्‍याउनेसँग सम्बन्धित छ।’

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?