+
+
Shares

सिरहाको गोलबजार नगरपालिकाबाट करदाता सेवा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते ९:५२

१२ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान (PAN) तथा भ्याट (VAT) दर्तालगायतका करदाता सेवा उपलब्ध हुने भएको छ।

यसका लागि गोलबजार नगरपालिका र आन्तरिक राजस्व कार्यालय, लहानबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

करदाता सेवा दिने सिरहा जिल्लामा स्थानीय तहमार्फत करदाता सेवा प्रवाह गर्ने पहिलो स्थानीय तहका रूपमा गोलबजार नगरपालिका अघि आएको छ।

आन्तरिक राजस्व कार्यालय, लहानका प्रमुख अमित पौडेलका अनुसार सिरहा जिल्लाका १७ स्थानीय तहमध्ये करदाता सेवा प्रवाहका लागि कार्यालयसँग सम्झौता गर्ने गोलबजार नगरपालिका पहिलो हो । यस व्यवस्थाले सेवाग्राहीलाई करसम्बन्धी कामका लागि लहानसम्म पुग्नुपर्ने बाध्यता कम गर्ने र समय तथा खर्च बचत गर्ने अपेक्षा गरिएको छ।

प्रमुख पौडेलले अन्य नगरपालिका तथा गाउँपालिकाले पनि समयमै सम्झौता गरी स्थानीयस्तरबाटै करदाता सेवा उपलब्ध गराउने विषयमा पहल गर्नुपर्ने बताए । यसबाट सेवाग्राहीलाई सहज हुनुका साथै आन्तरिक राजस्व कार्यालयमा पर्ने सेवाग्राहीको चापसमेत कम हुने उनको भनाइ छ।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपनारायण खतिवडाका अनुसार नगरपालिकामा रहेका अधिकांश साना तथा व्यक्तिगत करदातालाई लक्षित गरी यो सेवा सञ्चालन गर्न लागिएको हो। नगरपालिकाका व्यापारीमध्ये ठूला करदाताको संख्या तुलनात्मक रूपमा कम रहेको र अधिकांशलाई व्यक्तिगत पान तथा व्यावसायिक पान आवश्यक पर्ने उनले बताए।

नगरपालिकाबाट व्यक्तिगत स्थायी लेखा नम्बर (ब्यक्तिगत प्यान), व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) तथा मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताका लागि आवश्यक सहजीकरणलगायतका सेवा उपलब्ध गराउने तयारी गरिएको छ। समझदारीअनुसार कर चुक्ता प्रमाणपत्र तथा अन्य करसम्बन्धी सेवाको उपलब्धता भने कार्यान्वयन हुने सेवा र प्रक्रियाअनुसार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?