+
+
Shares

सातै प्रदेशका डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन्।
  • कार्कीले पोलिसी कोअर्डिनेसन कमिटीको बैठक २ बजे बस्ने गरी बोलाएका हुन्।
  • डीआईजीहरुलाई किन हेडक्वाटर बोलाइएको हो भन्ने खुलेको छैन।

१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका छन् ।

पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् ।

पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।

‘डीआईजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसक्नु भएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?