News Summary
Generated by OK AI. Editorially reviewed.- मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर स्तरोन्नति ठेक्का ४७ प्रतिशत मात्र प्रगति भएपछि अन्त्य गरिएको छ ।
- २७ करोड २२ लाख रुपैयाँ लागतको उक्त आयोजना २९ पुस २०८० भित्र सकिनुपर्नेमा पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएको थियो ।
- सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का अन्त्य गरी २ करोड ३८ लाख रुपैयाँ पेस्की असुल र ६ करोड ७९ लाख रुपैयाँ जमानत जफत प्रक्रिया अघि बढाएको छ ।
१२ कात्तिक, काठमाडौं । मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ ।
२७ करोड २२ लाख रुपैयाँ लागतको उक्त आयोजना २९ पुस २०८० भित्र सम्पन्न हुनुपर्नेमा पटक–पटक म्याद थप गर्दा पनि ४७ प्रतिशतमात्र भौतिक प्रगति भएको थियो ।
पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गत इलाम सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापत २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ ।
ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4