News Summary
Generated by OK AI. Editorially reviewed.- काठमान्डु गोर्खाजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका न्युजिल्यान्डी अलराउण्डर जिमी निशम व्यक्तिगत कारणले बेन्चमा रहेका छन् ।
- जनकपुरले जिमी निशमको स्थानमा सैफ हसन र आदित्य महतोको स्थानमा अमर सिंह राउटेलालाई पहिलो रोजाईँमा उतारेको छ ।
- पहिलो खेल खेल्दै गरेको काठमाडौं गोर्खाजको कप्तानी करण केसीले गरिरहेका छन्, भने डेविड वार्नर र विलि बोसिस्टो उपलब्ध छैनन् ।
- काठमाडौंले हरिशंकर शाह र सुमित महर्जनलाई पहिलो रोजाईँमा राखेको छ, जबकि दयानन्द मन्डल र साहिल पटेललाई बाहिर राखिएको छ ।
१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सबाटै खेलिरहेका न्युजिल्यान्डका अलराउण्डर जिमी निशम काठमान्डु गोर्खाजविरुद्धको खेलमा बेन्चमा रहेका छन् ।
कप्तान हर्मित सिंहले टसका क्रममा जिमी निशम व्यक्तिगत कारणले आज नखेलेको जानकारी दिए । उनको स्थानमा आज बंगलादेशी खेलाडी सैफ हसन पहिलो रोजाइमा खेल्दैछन् । जनकपुरको पहिलो रोजाइमा आज निशमसहित दुई परिवर्तन भएको छ । आदित्य महताको स्थानमा अमर सिंह राउटेला पहिलो रोजाइमा खेल्दैछन् ।
यस्तै पहिलो खेल खेल्न लागिरहेको काठमान्डु गोर्खाजको कप्तानी करण केसीले गर्दैछन् भने चर्चित अष्ट्रेलियन खेलाडी डेविड वार्नर पहिलो खेलसम्म नेपाल आइपुगेका छैनन् । अष्ट्रेलियन अलराउण्डर विलि बोसिस्टो पनि पहिलो खेलका लागि उपलब्ध छैनन् ।
अर्का अष्ट्रेलियन खेलाडी साम हिजलेट भने पहिलो रोजाइमा खेल्दैछन् । यस्तै अन्य विदेशी खेलाडीमा अमेरिका विकेटकिपर स्मित पटेल, बंगलादेशी बलर रिपोन मण्डल र पाकिस्तानी अलराउण्डर जहानदाद खान पहिलो रोजाइमा खेल्दैछन् ।
यस्तै काठमाडौंले अक्सनमा अनुबन्ध गरेका दयानन्द मन्डल र साहिल पटेलको स्थानमा काठमाडौंले हरिशंकर शाह र सुमित महर्जनलाई टिममा राख्दै पहिलो रोजाइमा खेलाएको छ ।
प्रतिक्रिया 4