News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापाले हलभित्र सोफामा बसेर ताली बजाउने शुभकामना कार्यक्रम नगर्ने र रचनात्मक कार्यक्रम मात्र गर्ने बताएका छन् ।
- थापाले मंसिर महिनाभरि जनता र पार्टीलाई जोड्ने देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् ।
- उनले पार्टीको पूर्ण बैठकपछि ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अघि बढाइने र कानूनको शासन उल्लंघनविरुद्ध सशक्त उभिने बताए ।
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् ।
तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन भने उनले कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् ।
नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका हुन् ।
जनता र पार्टीलाई जोड्नका लागी मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् ।
छिट्टै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुुन्ने र त्यसका आधारमा ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइने उल्लेख गरे ।
प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी गर्नु भएकाले कानुनको शासन उल्लंघनविरुद्ध कांग्रेसले सशक्त रूपमा उभिएर यो भूमिका निर्वाह गर्ने उनले बताए ।
त्यस्तै, उनले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी , इलेक्सन ब्युरो र गभर्नन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिए । नेता/कार्यकर्ताको रुचिअनुसार कार्य विभाजन गरिने र सह–महामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ आवश्यक जिम्मेवारी तोकिने उनले बताए ।
प्रतिक्रिया 4