+
+
Shares

कोशी र मधेशका जनप्रतिनिधिलाई गगनले भने– आगो जसले लगाए पनि निभाउने काम हाम्रो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताए।
  • थापाले जनप्रतिनिधिहरूलाई भावनामा नबगी तथ्य, प्रमाण र विवेकका आधारमा मात्रै कुनै पनि विषयमा धारणा बनाउन निर्देशन दिए।
  • थापाले सामाजिक सञ्जालका सूचनालाई अन्धविश्वास नगरी कुनै पनि विषयमा टिप्पणी गर्नुअघि त्यसलाई पुष्टि गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।

१५, साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेश प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताएका छन् ।

पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेश प्रदेशसभा र पालिकाका जनप्रतिनिधिसँग शुक्रबार भर्चुअल छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी मुख्य शक्ति हो, हामी अभिभावक हो, हामी जिम्ेमवार हो र, सम्हाल्ने काम हाम्रो हो,’ सभापति थापाले भने, ‘आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो ।’

उनले कांग्रेस सम्हाल्ने शक्ति भएकाले सहिष्णुता कायम रहने गरी काम गर्न पनि जनप्रतिनिधिहरूलाई निर्देशन दिए ।

‘सम्हाल्ने शक्ति हामी भएकाले जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर सहिष्णुता कायम गर्ने गरी सबै साथीहरूले काम गर्नुहोला,’ सभापति थापाले भने ।

थापाले सामाजिक सञ्जालमा आउने सूचनाहरू पत्याएर धारणा नबनाउन पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

‘जुन कुरा आयो, जस्ताको त्यस्तै त्यसलाई पत्याइहाल्ने कुरा र त्यसको आधारमा धारणा बनाएर कमेन्ट गरी हाल्ने, टिप्पणी गरिहाल्ने, बोली हाल्ने, लेखी हाल्ने, भनी हाल्ने हामीले नगरौं,’ उनले भने, ‘सबैलाई आग्रह छ ।’

सार्वजनिक रुपमा आएका विषयवस्तुलाई भावनामा बगेर हेर्न नहुने भन्दै उनले तथ्य, प्रमाण र विवेकका आधारमा हेर्नुपर्नेमा पनि जोड दिए ।

‘कुनै पनि विषय वस्तु कहीँ आएको छ भने पोलिटिकल लिडर भएकोले गर्दा हामी अलिकति र्‍यासनल हुनुपर्छ,’ सभापति थापाले भने, ‘यस्तो होला त यो, यो हो कि होइन भन्नका लागि एक छिन थामिने, त्यसलाई भेरिफाइ गर्ने, हो कि होइन भनेर सोध्ने, त्यसलाई बुझ्ने अनि त्यसपछि मात्रै आफ्नो धारणा बनाउनु पर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?