+
+
Shares

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको छ।
  • नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले मर्मतका लागि प्राविधिक टोली खटिएको र केही समयपछि आंशिक सेवा सञ्चालन गरिएको बताउनुभयो।
  • सेवा अवरुद्ध हुँदा जिल्लामा कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह र सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका छन्。

१२ कात्तिक, बाजुरा । बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ ।

नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए ।

मर्मतका लागि प्राविधिक टोली खटिएको छ ।

यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि आंशिक रुपमा सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।

दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?