युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसले ठूलो ड्रोन आक्रमण गरेको छ । आक्रमणका बेला यात्रुहरू स्टेसनमा रोकिराखिएको रेलमा चढिरहेका थिए ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी जेट इन्जिनयुक्त ड्रोनले निप्रो रेल्वे स्टेसनको यात्रुको भीडभाड भएको प्लेटफर्ममा आक्रमण गरेको हो । आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
समाचारअनुसार ड्रोन खस्दा यात्रुहरू छिमेकी सहर जापोरिजियाका लागि छुट्न लागेको रेलमा चढ्न प्रतीक्षा गरिरहेका थिए । विस्फोटबाट निस्किएका छर्राले रेलमा समेत ठूलो क्षति पुर्याएको छ ।
रुसले यसअघि पनि युक्रेनको विशाल रेल सञ्जाललाई पटक–पटक निशाना बनाउँदै आएको छ । उक्त रेल सञ्जाल मानिसहरूको आवतजावत तथा अत्यावश्यक सामग्री ढुवानीका लागि व्यापक रूपमा प्रयोग हुँदै आएको छ ।
प्रतिक्रिया 4