१३ कात्तिक, काठमाडौं । भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले संसदीय समितिका सभापतिलाई भेटेर भूमि अधिकारबाट वञ्चित समुदायका समस्या समाधानका लागि विशेष अनुरोधपत्र बुझाएका छन् ।
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि सञ्जालको संयुक्त टोलीले प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसँग भेटेका हुन् ।
टोलीले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, भूमिसम्बन्धी कानुनमा आवश्यक सुधार, भूमि समस्या समाधान समितिको प्रभावकारी कार्यान्वयन तथा प्रभावित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग राखेका छन् ।
जवाफमा सभापति चौधरीले वास्तविक भूमिहीनको भूमि अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको भूमि समस्या समाधान गर्ने नाममा वास्तविक भूमिहिनको अधिकार ओझेलमा नपर्ने बताए ।
यसपटक भूमिसम्बन्धी समस्याको अलगअलग पहिचान गरी पारदर्शी मापदण्ड र निष्पक्ष प्रक्रियाबाट समाधान गर्ने उल्लेख गर्दै छुटेका समस्यालाई कानुनी संशोधनमार्फत सम्बोधन गर्न र जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4