News Summary
Generated by OK AI. Editorially reviewed.- कृषिको अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी गरेको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काठमाडौं ताहचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन्।
- मन्त्रालयका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको भन्दै उनीहरूले जालिम सिंह महतोसहितका व्यक्तिलाई पटक पटक ठगी गरेको आरोप छ।
१३ कात्तिक, काठमाडौं । कृषिको अनुदान मिलाइदिने भन्दै प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं ताहचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।
मन्त्रालयका कर्मचारीहरूसँग राम्रो सम्बन्ध रहेको भन्दै उनीहरूले जालिम सिंह महतोसहितका व्यक्तिलाई पटक पटक गरी ५ करोड ८० लाख ठगी गरेको आरोप छ । उनीहरूविरुद्ध ठगीको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4